जनवरी १ देखि भारत भ्रमण गर्दा चीनसहित ६ देशले पालना गर्नुपर्ने छ यी नियम — OSNepal

जनवरी १ देखि भारत भ्रमण गर्दा चीनसहित ६ देशले पालना गर्नुपर्ने छ यी नियम

LC (KTM) December 31, 2022 0

नयाँ दिल्ली, १६ पुस:जनवरी १ देखि, चीन र अन्य पाँच देशहरूबाट भारत जाने यात्रुहरूले उनीहरूको आगमन अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ । चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिङ्गापुर र थाइल्याण्डबाट आउने यात्रुले प्रस्थान गर्नुअघि आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा पठाउनुपर्ने स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले बताए ।

‘१ जनवरी २०२३ देखि चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्याण्डबाट आउने यात्रुहरूका लागि आरटी–पीसीआर परीक्षण अनिवार्य गरिएको छ । उनीहरूले यात्रा गर्नुअघि आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा अपलोड गर्नुपर्नेछ’, मन्त्री मण्डावियाले एक ट्वीटमा भने ।

परीक्षण भरतमा यात्रा सुरु गरेको ७२ घन्टाभित्रको हुनुपर्छ । चीनमा कोभिड संक्रमणका घटनाहरु ब्ढिरहेका बेला भारतले पछिल्लो कदम चालेको हो । नयाँ कोभिड भेरियन्ट बीएफ७का कारण संक्रमणमा बृद्धि भएको विज्ञहरुको भनाई छ ।

संक्रमणका कारण चीनका अस्पतालहरू बिरामीले भरिएका छन् । एकै दिन एउटा सहरमा लाखौँ संक्रमित भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर