नेपालमा कोरोना सङ्क्रमितको संख्या छ लाख ८२ हजार ७३९ नाघ्यो — OSNepal

नेपालमा कोरोना सङ्क्रमितको संख्या छ लाख ८२ हजार ७३९ नाघ्यो

LC (KTM) July 04, 2021 0

नेपालमा थप एक हजार ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८२ हजार ७३९ पुगेको छ ।

थप चार हजार ८७६ जनाको पिसिआर परीक्षण तथा तीन हजार २५६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ४२ तथा एन्टिजेनबाट ५६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।

हालसम्म छ लाख नौ हजार २१८ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५५२ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर