काठमाडौं । मन्त्रीपरिषदमा आवद्ध भइसक्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछाने सामाजिक संजालमा अपडेट भइरहेका छन् ।
उनले आफुले राख्ने कुराहरु स्पस्ष् रुपमा फेसबुकमा अपडेट गराइरहेका छ न् । प्रहरीलाई सरुवा बढुवाका लागि नेताहरुकोमा नधाउनु भन्नेसम्मको आदेशदेखि जन्मदिनसम्मका शुभकाममनाहरु उनले आफ्नो फेसबुकमा अपडेट गराइरहेका छन् ।
यसैबिच आज उनले आफ्नी पत्नि निकिता पौडेलको जन्मदिनको अवसरमा भावुक स्ट्याटस लेख्दै शुभकामना दिएका छन् । गृहमन्त्री लामिछानेले शुभकामना दिने क्रममा लामिछानेले निकिताले आफ्नो सफलताको लागि सयौं सपना लुकाएको उल्लेख गरेका छन् । उनल भनेका छन् तिमीले पारिवारिक विरासतदेखि उच्च ओहोदाको सरकारी अनुभव हुँदा हुँदै मेरै सफलतालाई तिमीले आफ्नो लक्ष बनायौ भनेका छन् ।
जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमा लामिछानेले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त् यस्तै – मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले आफ्ना कयौं सपना कतै लुकाएकी छौ।
आफ्नो परिवारको त्यति ठूलो ब्यापारीक विरासत , विश्व विख्यात युनिभर्सिटीको उच्च शैक्षिक योग्यता,उच्च अहोदाको सरकारी सेवा अनुभव, १५ वर्ष देखि एक प्रख्यात संचार माध्यमको संचालन जस्ता कयौं योग्यता र क्षमता आफैसँग हुदा हुदै पनि मेरै सफलतालाई तिमीले आफ्नो लक्ष बनायौ । आज तिम्रो जन्मदिनको अवसरमा म तिम्रो सु(स्वास्थ्य र दीर्घायुको कामना गर्दछु । सबै देवी देवताले तिम्रो रक्षा गरून्।