पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु — OSNepal

पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु

LC (KTM) July 04, 2021 0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ ।

दुबै विधिबाट ८ हजार १३२ जनाको परीक्षण हुँदा आरटीपीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५६१ कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुबै विधिबाट भएको परीक्षणमध्ये १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोनामुक्त भएका छन् । त्यस्तै सोही अबधीमा २७ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौं उपत्यकामा ४६१ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर