काठमाण्डौ – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् ।ओलीका विश्वास पात्र नेता पौडेलले माधब नेपाललाई भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुचि नदेखाएको बताए ।
पालसँगको भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताए । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्या छैनन् । तपाईँहरू एक–आपसमा मिलेर जाऔ र भनेर प्रस्ताब गरेको पौडेलले बताए ।