डिउटीमा खटिएको प्रहरीलाई यस्तो गरेपछि रेग्मी पक्राउ — OSNepal

डिउटीमा खटिएको प्रहरीलाई यस्तो गरेपछि रेग्मी पक्राउ

LC (KTM) July 04, 2021 0

सिन्धुली २० असार । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ३ बस्ने ५२ वर्षीय मेदनी रेग्मीलाई रहेका छन् । निजलाई गएराति बिपि राजमार्गको प्रहरी चेक प्वाईन्टमा सवारी साधनहरुको सवारी पास जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

झापाबाट काठमाडौं जान पास नलिई आएको मे.१ च ६६८३ नम्बरको सुमोलाई उक्त स्थानमा डिउटीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक रेग्मीले उक्त नगद दिन खोजे पश्चात उनलाई उक्त सुमो सहित पक्राउ गरिएको प्रहरीे जनाएको छ ।

पक्राउ परेका रेग्मीमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर