सिड्नी, पुस १४- अष्ट्रेलियाको सिड्नीमा सडक दुर्घटनामा परेर एक नेपाली विद्धार्थीका मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिको परिचष् भने खुलाइएको छैन् । सिड्नीको हवरफिल्डमा मोटरसाइकल
ट्राफिक पोलमा ठोक्किएर मृत्यु भएको बताइएको छ ।
यस्तै गर्मी बढेसँगै अष्ट्रेलियामा समुद्री किनारमा पुगेका नेपालीहरू दुर्घटनामा पर्ने क्रम बढेको छ। सिड्नीको क्रोनाला बिचमा बुधबार साँझ पानीमा रमाइलो गर्न गएका तीन नेपाली विद्यार्थी दुर्घटनामा परेका छन्। समुन्द्री किनारमा पौडी खेल्ने क्रममा उनीहरूलाई समुद्री छालले बगाएको थियो।
जसमध्ये एक जनालाई ढुंगामा र अर्कोलाई बालुवामा छालले हुत्याइदिएको थियो। ती छात्रलाई स्थानीय पौडीबाजले पानीबाट निकालेका थिए।पानीमा डुबेर गम्भीर घाइते भएकी उनलाई प्राथमिक उपचारपछि हेलिकप्टरद्धारा नजिकैको कोग्रा हस्पिटलमा भर्ना गरिएको छ। फोक्सोमा पानी जमेका कारण उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।