काठमाडौँ । ठूलो ब्यानरका भनिएका दुई फिल्म ‘छक्का पन्जा ४’ र ‘छड्के २’ एकै दिन फागुण १९ मा रिलिज हुने तयारी छ ।
दीपकराज गिरीको टिमले ‘छक्का पन्जा ४’ लाई सफल बनाउन क्यूएफएक्सलाई कमिसन दिएपछि अनमोल केसीको ‘छड्के २’लाई अप्ठ्यारो पर्ने देखिएको छ ।
अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ लाई पाखा लगाउन दीपकले क्यूएफएक्सलाई नै कमिसन दिने जुक्तिसहितको नयाँ पोष्टर सार्वजनिक भएपछि भित्री खेला समेत सुरु भएको बुझिएको छ ।
फागुण १९ मा रिलिज हुन लागेका यी दुई फिल्म बक्स अफिसमा रोचक भिडन्त हुने आँकलनकाबिचमा दीपकले फिल्म रिलिज अगावै कमिसनको खेल खेलेपछि अब के हुन्छ भन्ने जिज्ञासा सबैमा पैदा भएको छ ।