तारकेश्वर नगरपालिका फुटुङ्गबाट मोटो रकमसहित ११ जुवाडे पक्राउ — OSNepal

तारकेश्वर नगरपालिका फुटुङ्गबाट मोटो रकमसहित ११ जुवाडे पक्राउ

LC (KTM) July 04, 2021 0

काठमाडौं २० असार । तास खेलिरहेको अवस्थामा ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका ७ फुटुङ्ग स्थित लाल बहादुर तामाङ्गको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा सहित महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा उक्त फर्म पुगेको प्रहरील टोलीले ज जुवाडेसहित नगद ४४ हजार ८ सय ५५ रुपैंया र तास बरामत गरेको हो ।

पक्राउ परेकाहरु माथि आवश्यक अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर