काठमाडौं-हप्ताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाल बजारमा आज छापावाला सुनको मूल्य २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्यमा पनि रु २ सयको वृद्धि भएको छ। यस वृद्धि सँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ९१ हजार रुपैंयाँ कायम भएको छ।सुनको मूल्य असार ३ गते यताकै बढी हो।
त्यसदिन छापावाला सुनको मूल्य ९२ हजार र तेजाबी सुन ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो।आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य रु १५ ले बढेर १३ सय २५ रुपैंयाँमा कारोबार भइरहेको छ ।