नेता नेपाल निवास पुगेका ओली पक्षका नेतालाई नेपालको यस्तो जवाफ — OSNepal

नेता नेपाल निवास पुगेका ओली पक्षका नेतालाई नेपालको यस्तो जवाफ

LC (KTM) July 04, 2021 0

काठमाडौँ २० असार । पार्टी एकताको लागि भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको दोस्रो तहका नेताहरु आज बिहानै वरिष्ठ नेता माधव नेपाल निवास कोटेश्वर पुगेका थिए ।

भेटका क्रममा ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले प्रधानमँत्री समेत रहेको ओलीले दिएको समय सिमा भित्र हस्ताक्षर फिर्ता गरेर पार्टी पार्टी एकता गर्रौ भन्दा नेपालले ठाडै अस्विकार गरेका छन् ।

‘नेता नेपालले राजनीतिमा निष्ठाको पनि कुरा आउने भएकाले अदालतको निणर्य सदर गर्दै कार्यदल ब्युँताएर अगाडी बर्ढौ भनेका छन् । राजनीतिमा निष्ठाको पनि कुरा हुन्छ, अदालतमा गरेको हस्ताक्षर फिर्ता हुदैन ,अदालतले जे निर्णय दिन्छ, त्यसैलाई मानौं, कार्यदल ब्यूँताएर अन्य विषयमा छलफल शुरु गरौ’ भेटको क्रममा नेपालले ओली पक्षमा नेताहरुलाई भने ।

पटक -पटक ओलीले हस्ताक्षरको विषयलाई ल्याएको भन्दै नेता नेपालले अदालतको फैसला मानेर नै अगाडी बढ्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर