काठमाडौं – नेपाली फिल्म ‘ची मुसी ची’को नयाँ गीत ‘कथा’ सार्वजनिक भएको छ । म्युजिक प्रोडुसरमा रोहित शाक्य, म्युजिक कम्पोजरमा शाक्क र बिराज गौतम तथा सौरभ श्रेष्ठ र कम्पोजर गायक गौतमको शब्द रचना रहेको सार्वजनिक गीतमा डाक्टर त्रिशला गुरुङकोे पनि स्वर सुन्न सकिन्छ ।
एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ ।
आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बलि चढाएको कथा फिल्ममा देखाइएको छ । फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी छ ।