काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझै एक साता थप्ने तयारी, सबै सार्वजनिक सवारी खुल्लान कि नखुल्लान ? — OSNepal

काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझै एक साता थप्ने तयारी, सबै सार्वजनिक सवारी खुल्लान कि नखुल्लान ?

LC (KTM) July 04, 2021 0

काठमाडौँ-काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । आज बस्ने बैठकले निषेधाज्ञा अझै एक साता थप्ने बारे निर्णय गर्न लागेको बताइएको छ ।

बैठकले निषेधाज्ञा कस्तो मोडालिटीमा थप्ने भन्ने निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । स्वास्थ्य मन्त्रालयको सुझावको आधारमा सबै सार्वजनिक सवारी साधन खुलाउने वा नखुलाउने भन्ने निर्णय गर्ने तयारी मा प्रजिअहरु रहेको बताइएकाने छ ।

अबको निषेधाज्ञामा सबै सार्वजनिक यातायात चल्न दिनुपर्ने भन्दै व्यवसायीले दबाब दिँदै आएका छन् । गत मंगलबारदेखि भने २५ सिटभन्दा माथिका सार्वजनिक गाडी जोरबिजोरमा सञ्चालनमा आएका छन् । जारी निषेधाज्ञा यही वैशाख २१ गते सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर