सचिन परियारको स्वास्थ्यमा क्रमिक सुधार, पीआइसीयु बाट जनरल वार्डमा सारियो — OSNepal

सचिन परियारको स्वास्थ्यमा क्रमिक सुधार, पीआइसीयु बाट जनरल वार्डमा सारियो

LC (KTM) December 25, 2022 0

युट्यूवबाट भाइरल भएका बालक सचिन परियारको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अचानक हात गोडा चल्न छाडेपछि उनलाई टिचिङ अस्पतालको पीआइसीयूमा राखेर उपचार भइरहेको थियो । स्वास्थयमा सुधार भएसंगै उनलाई अहिले पीआइसीयू बाट जनरल वार्डमा सारिएको छ ।

युटुबर तथा पत्रकार मोहन बस्नेतले आफ्नो फेसबुकमा सचिनको पछिल्लो अवस्था बारे जानकारी दिएका छन् । उनले लेखेका छन् सचिन बाबुलाई जनरल वाडमा सारिएको छ , स्वास्थ्य अबस्थामा क्रमिक सुधार भएको सबैमा जानकारी दिन चाहन्छु । काठमाडौंको एउटा निजी स्कुलमा सचिन पढिरहेका थिए । त्यहि अवस्थामा उनी अस्वस्थ भएपछि अस्पताल लगिएको थियो ।

चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो । अस्पताल भर्ना हुँदा उनलाई सास फेर्न कठिनाइ भएको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन् । छैनन् । परीक्षणको सबै रिपोर्ट आउन बाँकी छ ।सचिनलाई सानै देखि पिशाब चुहिने समस्या समेत रहेको थियो ।

उमेरले १२ वर्ष पुगिसके पनि उनी ५–६ वर्षका बालक जस्तै देखिने गरेका छन् । सचिनको अनौठो व्यवहार र मिठो बोलिचालीलाई दर्शकले उनलाई मन पराउने गरेका छन् । सचिनकी आमालाई छोडेर तेजेन्द्रले अर्को विवाह गरेर बसेका छन् । कान्छी श्रीमती लिएर उनी अहिले भारतमा रहेको चर्चा चल्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर