आज राति ‘धेरै भारी’ वर्षाको सम्भावना , सतर्कता अपनाउन महाशाखाको आग्रह — OSNepal

आज राति ‘धेरै भारी’ वर्षाको सम्भावना , सतर्कता अपनाउन महाशाखाको आग्रह

LC (KTM) July 04, 2021 0

काठमाडौँ- आज पनि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ । ‘देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर