काठमाडौं – नायिका सारा सिर्पाली दुबईमा रहन थालेकी छन् । नेपाली फिल्ममा राम्रो सफलता हात पार्न नसकेपछि उनी दुबईमा नै काम गर्न थालेको बताइएको छ । । दुबईमा निक्कै आकर्षक जागिर पाएपछि साराले उतै काम गर्न थालेको बताइएको छ ।
सारा अभिनित फिल्म ‘गुञ्जन’ पौषको २९ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा सारा नै केन्द्रिय भूमिकामा छिन् । दुबइमा भएकाले उनी फिल्म प्रमोशनका लागि नेपाल आउछिन् या आउदिनन् त्यो भने पक्का नभएको बताइएको छ ।
फिल्ममा प्रितमराज सेन्चुरी र कविर खड्का मुख्य भूमिकामा छन् । साराले तीन फिल्ममा काम गरेपनि ती सबै नचलेपछि विकल्प खोजेकी हुन् । उनले, नायक अनमोल केसीसँग फिल्म हनी बनीमा काम गर्ने पक्का भएपनि अन्तिममा उनको भिसा नलागेपछि जसिता गुरुङ फिल्ममा प्रवेश गरेकी थिइन् ।