काठमाडौं, पुस १० । बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको दुखद निधन भएको छ। बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको हो ।
७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोडेका उनी भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए।
नेपाल बार एसोसिएसनको संस्थापक सदस्य भएका उनी सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री (२०२४) , अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ९२०२५०, नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन्। हाल बुद्ध एयरलाई उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले प्रवन्ध निर्देशकका रूपमा हाँकिरहेका छन्। बस्नेतका २ छोरा र १ छोरी छन् ।