‘लोकस्टार’को दोस्रो सिजन पुस १९ गतेदेखि प्रसारण सुरु हुने, ज्योति मगर र कुलेन्द्र विश्वकर्माले सार्वजनिक गरे मिति — OSNepal

‘लोकस्टार’को दोस्रो सिजन पुस १९ गतेदेखि प्रसारण सुरु हुने, ज्योति मगर र कुलेन्द्र विश्वकर्माले सार्वजनिक गरे मिति

LC (KTM) December 24, 2022 0

काठमाडौँ । रियालिटी शो ‘हिमालय लोकस्टार नेपाल’को दोस्रो सिजन पुस १९ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । लोकगायनमा आधारित रियालिटी शो को घोषण ‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा गरिएको हो ।   निर्णायकद्धय ज्योति मगर र कुलेन्द्र विश्वकर्माले मिति सार्वजनिक गरेका हुन् ।

शोको निर्णायकमा कुलेन्द्र र ज्योतिसहित लोकगायक कुमार बस्नेत र रामजी खाँड छन् । हिमालय टेलिभिजनले जनाए अनुसार नेपाल लोकस्टार(२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । शोको संगीत निर्देशकमा संगीतकार तथा एरेन्जर आशिष अविरल छन् भने कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनमा प्रकाश सपुत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर