टियु क्रिकेट मैदानमा भोली बाट पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौं नाइट भिड्ने छन् । त्यस्तै भोली नै लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेडबीच प्रतिस्पर्धा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
प्रतियोगिताका बारेमा पत्रकार सम्मेलन गरि क्यानले सम्पुर्ण जानकारी दिएको छ । प्रतियोगिताको लिग विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएका छन् । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने क्यानले जनाएको छ ।त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने क्यानले जनाएको छ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ । पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारको सहभागिता रहेको छ ।