ब्राजिलका फ्यानहरुलाई सम्हाल्नै नसक्ने गरीको खुशी , कोपा अमेरिका फुटबलमा ब्राजिलले देखायो यस्तो चमत्कार — OSNepal

ब्राजिलका फ्यानहरुलाई सम्हाल्नै नसक्ने गरीको खुशी , कोपा अमेरिका फुटबलमा ब्राजिलले देखायो यस्तो चमत्कार

LC (KTM) July 03, 2021 0

युरोकपको ओझेलमा परे पनि कोपा अमेरिका फुटबलमा ब्राजिल, अर्जेन्टिना जस्ता टोलीले कोपा अमेरिका फुटबललाई रोमाञ्चक भने बनाउँदै लगेका छन् ।

आज बिहान भएको क्वाटर फाईनल खेलमा जित निकाल्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । चिलीलाई हराउँदै ब्राजिलले सेमीफाईनलको यात्रा तय गरेको हो । ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले निर्णायक गोल गरेका थिए ।

उनले दोस्रो हाफको पहिलो मिनेटमा गरेको गोल नै ब्राजिलका लागि अन्तिम चारमा स्थान बनाउन काफि भयो । खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएका थिए । १० खेलाडीमा सिमित बनेको ब्राजिलले अन्ततः जित निकालेरै छोड्यो ।

ब्राजिलले सेमिफाईनलमा पेरुसंग खेल्नेछ । आजको पहिलो क्वार्टरफाईनलको खेलमा पेरुसंग पाराग्वे स्तब्ध बन्यो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा पेरुले ४–३ ले बाजी मारेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर