युरोकपको अन्तिम क्वाटरफाईनलमा आज राती पौने १ बजे युक्रेन र इंग्याण्ड भिड्दै , दुई टोली मध्ये कसले मार्ला त सेमिफाईनलको बाजि ? — OSNepal

युरोकपको अन्तिम क्वाटरफाईनलमा आज राती पौने १ बजे युक्रेन र इंग्याण्ड भिड्दै , दुई टोली मध्ये कसले मार्ला त सेमिफाईनलको बाजि ?

LC (KTM) July 03, 2021 0

युरोकप फुटबलमा अहिले चेक गणतन्त्र र डेनमार्क बिचको खेल जारी रहेको छ । यो खेलको नतिजा पछि आजै राती युरोकपको उपाधी दाबेदार दूई टोली युक्रेन र इंग्ल्याण्ड पनि भिड्दैछन् ।

युरोपमा जारी १६ औं संस्करणको अन्तिम क्वाटरफाइनलमा आज राती पौने १ बजे युक्रेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुबै टोलीबीचको खेल इटालीको रोममा हुनेछ । आज इंग्ल्यान्ड र युक्रेन जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । युक्रेनलाई हराएर इंग्ल्यान्ड २५ वर्षपछि पहिलो पटक युरोकपको सेमिफाइनलमा पुग्न चाहन्छ । सन् १९९६ पछि इंग्ल्यान्ड सेमिफाइनल पुग्न सकेको छैन । युक्रेनले भने स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर