युरोकपमा अहिले चेक रिपब्लिक र डेनमार्क भिड्दै — OSNepal

युरोकपमा अहिले चेक रिपब्लिक र डेनमार्क भिड्दै

LC (KTM) July 03, 2021 0

मिनि बिश्वकप मानिएको युरोकप फुटबलमा अहिले केहीबेर पछि चेक रिपब्लिक र डेनमार्क भिड्दै छन् । सेमिफाईनलमा स्थान बनाउने लक्ष्यका साथ यी दुबै टिम नेपाली समय अनुसार पौने १० बजे आपसा भिड्न लागेका हुन् ।

बाकु ओलम्पिक स्टेडियममा हुने यी दुई टीम बिचको खेल निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ । आज चेक रिपब्लिक र डेनमार्क जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा रहेका छन् । दुबै टिमले पछिल्ला खेलमा सशक्त प्रदर्शन गर्दै आईरहेका छन् ।

चेक रिपब्लिकले प्रि(क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो । डेनमार्कले भने प्रि क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो । युरोपियन च्याम्पियनसिपमा चेक रिपब्लिक र डेनमार्क तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको दुई भेटमा चेक रिपब्लिकले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर