नेपालमा कोरोना सङ्क्रमितभन्दा निको हुने धेरै — OSNepal

नेपालमा कोरोना सङ्क्रमितभन्दा निको हुने धेरै

LC (KTM) July 03, 2021 0

काठमाडौँ, १९ असार – पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अबधिमा १० हजार १३३ जनाको परीक्षण गर्दा दुई हजार ३२८ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी सोही अबधिमा तीन हजार ६६ जना सङ्क्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४३ हजार ५८० जना र निको हुनेको सङ्ख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । सोही अबधिमा सङ्क्रमणबाट १९ जनाको मृ त्युभएको छ । योसँग मृ त्यु हुनेको सङ्ख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर