काठमाडौं । माघे सक्रान्तिको अबसर पारेर यही २९ पुसमा रिलिज गरिने चलचित्र ‘तिम्रो मेरो साथ’को मँगलबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ ।सिनेमाका मुख्य नायक पुष्प खडकाले प्रेममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई धोका दिएपछि उनीहरुबीचको द्धन्द्ध कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरले प्रेम, धोका र वदलाको भाव प्रस्तुत गरिएको छ ।
दर्जन चलचित्र निर्माण गरिसकेका रमेश एमके पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन् ।राजधानि दैनिकमा खबर छ । फिल्मका निर्माता पनि उनी नै हुन् । अमेरिकामा केही वर्ष फिल्म सम्बन्धि शिक्षा लिएपछि निर्देशनमा हात हालेको उनले कार्यक्रममा प्रकाश पारे ।सिनेमामा पुष्प खडका , साम्राज्ञी राज्यलक्ष्मी शाह, इमिली लामा, सन्दीप क्षत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको तिम्रो मेरो साथमा सबिर र बाबुराम निरौलाको स्क्रिप्ट, शिव ढकालको छायांकन, सुवास भुषाल÷योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
यो पनि : कसले गर्यो ३० हजार वर्ष पुरानो पवित्र कलाकृर्ति तोडफोड :आपराधिक गिरोहले दक्षिणी अस्ट्रेलियामा ३० हजार वर्ष पुरानो पवित्र कलाकृर्ति तोडफोड गरेको छ । कुनल्डा गुफाको चक चूना ढुंगाको पर्खालहरूमा डिजाइन गरिएको न्युलरबोर प्लेन कृर्ति यस क्षेत्रका आदिवासी मिरिंग मानिसहरूका लागि विशेष महत्व छ । तोडफोडबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
‘यो एकदम स्पष्ट रूपमा स्तब्ध पार्ने कुरा हो’, दक्षिण अष्ट्रेलियाका महान्यायाधिवक्ता र आदिवासी मामिला मन्त्री क्याम महरले भने, ‘यी गुफाहरू देशको त्यो भागको आदिवासी पेशाको प्रारम्भिक प्रमाणहरू हुन् । ’वरिष्ठ मार्निङ एल्डर, अंकल बुन्ना लरीले तोडफोडबारे आफूले पहिलो पटक मिडियाबाट सुनेको र यो आफ्ना मानिसहरूले अनुभव गरेको निरन्तर अनादरको अर्को उदाहरण भएको बताए । ुयो हाम्रो देश र इतिहासको दुर्व्यवहार होु, उनले भने ।कुनल्डा गुफा सन् २०१४ देखि देखि राष्ट्रिय सम्पदा स्थलको रूपमा सूचीबद्ध गरिएको छ ।