चलचित्र संघ चलचित्र बिकास बोर्डबिरुद्ध आन्दोलित , भुवन केसीको राजीनामा माग — OSNepal

चलचित्र संघ चलचित्र बिकास बोर्डबिरुद्ध आन्दोलित , भुवन केसीको राजीनामा माग

LC (KTM) December 22, 2022 0

भुवन केसीको राजीनामा सहितका माग राखेर चलचित्र संघले विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार काठमाडौंमा भएको देशभरका सयभन्दा बढी हल व्यवसायीको भेलाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । चलचित्र विकास बोर्ड खारेजी, बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्ने, हल बन्द गर्ने जस्ता कार्यक्रम भेलाले तय गरेको छ ।

आन्दोलनका कार्यक्रम पुस १२ गते बाट सुरु गर्ने निर्णय भएको छ । १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने आन्दोलनका कार्यक्रम घोषणा भएका छन् । १६ गते सम्म पनि मन्त्रालयले आफ्ना मागहरु सम्बोधन नगरे हल बन्द गर्ने र बोर्डमा ताला लगाउनेसम्मका कार्यक्रम घोषणा गरेका छन् ।

चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले अध्यक्ष भुवन केसीसँग वार्ता नगर्ने निष्कर्षमा आफूहरु पुगेको जानकारी दिएका छन् । भुवन केसी संग नभई आफुहरु अब मन्त्रालयस्तरमै वार्ता गर्ने निर्णयमा पुगेको बताए । एक साताअघि नै फिल्म सेन्सर हुनुपर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने र विश्वकप फुटबलजस्ता कार्यक्रम देखाउन नपाइने भन्ने बोर्डको नियमलाई लिएर चलचित्र संघ आक्रोशित छ । साथै, प्रदर्शकको भेलाले सिंगल स्क्रिन हलका मुद्दामा समेत बोर्ड गम्भीर नभएको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर