बिराटनगरका उद्योगी ब्यवसायी बन्द हड्तालमा उत्रिए — OSNepal

बिराटनगरका उद्योगी ब्यवसायी बन्द हड्तालमा उत्रिए

LC (KTM) December 21, 2022 0

विराटनगरका उद्योगी-व्यवसायी चर्काे ब्याजदर र बैंकिङ नीतिको बिरोधमा उत्रिएका छन् । ब्यवसायीहरुले भोली देखि बन्द हड्तालसम्मका आन्दोलनका कार्यक्रममा उत्रने घोषणा गरेका छन् । ।‘चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध आन्दोलनको घोषणा गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन्। उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन्।

उद्योगी व्यवसायीहरुका दुई दर्जनभन्दा बढी संघ संस्थाहरुले बिहीबारदेखि राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, बिहीबार एक दिन बजार बन्द गर्ने लगायतका घोषणा गरेका छन्।  ‘आन्दोलन निष्कर्षमा नपुगेसम्म हामी पछि हट्ने छैनौं’, उनीहरुले भनेका छन् ‘आन्दोलनलाई देशव्यापी बनाउनेछौं।’

आन्दोलनकारी उद्योगी व्यवसायीहरुले पाँच सुत्रीय माग अघि सारेका छन्। चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरुको पहिलो माग छ। चालु पुँजी कर्जा २५ प्रतिशतमा सिमित राख्ने निर्देशिकाले आफूहरु मारमा परेको उद्योगीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर