काठमाडौं – अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेजले फेरी एक पटक फ्रन्सका स्टार खेलाडी एम्बाप्पेको मजाक उडाएका छन् । उनल ेविश्वकपको उपाधिको खुसीयाली मनाउने क्रममा पुनः फ्रान्सका फरवार्ड किलियान एम्बाप्पेको अनुहारको तस्बिर भएको गुडिया बोकेर खुसीयाली मनाउदै मजाक उडाएका हुन् ।
उनले यसरी मजाक उडाएपछि मार्टिनेजलाई धेरैले गाली गरेका छन् । यस अघि पनि उनले ड्रेसिङ रुममा अर्जेन्टिनाले खुसीयाली मनाउने क्रममा उनले फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेका लागि एक मिनेट मौनधारण गर्न आग्रह गरेका थिए ।
अहिले ब्युनोस आयर्समा विश्वकप उपाधिको खुसीयाली मनाउने क्रममा बसको माथि मेस्सीसँगै देखिएका उनले हातमा एम्बाप्पेको अनुहार टाँसिएको गुडिया बोकेर फेरी एम्बाप्पेको मजाक उडाएका हुन् ।