काठमाण्डौ -फ्रान्सका खेलाडी करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षका बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड समेत रहेका उनले कतार विश्व कप फुटबल प्रतियोगितामा चोटका कारण खेल्न पाएनन् । फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो ।
त्यसको भोलिपल्ट हिजो बेन्जिमाले सामाजिक सञ्जालमार्फत् सन्यास लिने घोषणा गरेका हुन् । ब्ल्याकमेलिङ काण्डमा फसेपछि बेन्जिमा सन् २०१६ देखि २०२१ सम्म प्रतिबन्धमा रहेका थिए । त्यस्तै फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्बन्ध सुमधुर नभएको समेत बताइएको छ ।