दयाले ३० लाख लिएको फिल्म ‘हात्तीछाप’को स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा — OSNepal

दयाले ३० लाख लिएको फिल्म ‘हात्तीछाप’को स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा

LC (KTM) December 20, 2022 0

काठमाडौं । फिल्म ‘हात्तीछाप’को स्क्रिप्टको काम अहिले अन्तिम चरणमा पुगेको छ। दयाहागं राई फाइनल भइसकेको यो फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखिरहेका छन् ।

‘देवर बाबु’, ‘हिफाजत’, ‘कृ’, ‘झिँगेदाउ’, ‘आइ एम सरी’, ‘कसले चोर्‍यो मेरो मन’ लगायत धेरै फिल्मको पटकथा तथा संवाद लेखेका प्रदीप भारद्वाज अहिलको नेपालका सबैभन्दा महंगा स्क्रिप्ट राइट हु्न् ।

उनले लेखेको फिल्म ‘पारस’को स्क्रिप्ट अभिनेता भुवन केसीले २५ लाखमा किनेको चर्चा छ । धेरै स्क्रिप्ट राइटरहरु मेकरबाट पीडित हुने गरेको गुनासोलाई अस्विकार गर्ने प्रदीप भन्छन् फिल्मको मेरुदण्ड भनेको नै स्क्रिप्ट हो । स्क्रिप्ट लेखनमा चुकेको फिल्मले दर्शकको मन जित्दैन ।

र १० – १५ दिन वा १ महिना लगाएर बिना मेहेनत लेखिने स्क्रिप्टमा पनि दम नहुने उनको तर्क छ । भन्छन् म एउटा स्क्रिप्ट लेख्न करिब आधा वर्ष बढी समय दिन्छु । मिहिनेत र समयअनुसार पारिश्रमिक लिन राम्रा निर्देता निर्देशक अहिले तयार छन् ।

उनी भन्छन् ‘मैले १५ लाखभन्दा कममा स्क्रिप्ट लेख्न छाडेको एक वर्ष बढी भइसक्यो । फिल्म ‘हात्तीछाप’को लागि अभिनेता दयाहागं राईले पनि ३० लाख पारिश्रीमक लिएर अनुबन्धित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर