काठमाडौं । कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइलनमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुबै टोली दुई पटक च्याम्पियन हुन् ।
यसैबिच यसपटकको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मेस्सीको पक्षमा छन् । रोनाल्डोले अर्जेन्टिना र यसका मानिसहरूलाई ठूलो कारणको लागि आफ्नो ‘प्रेम’ व्यक्त गरेका छन् । र, यो कारण हुन् – जर्जिना रोड्रिग्वेज ।
रोनाल्डोकी गर्लफ्रेण्ड रहेकी इन्फ्लुएन्सर जर्जिनासँग अर्जेन्टिनाको नागरिकता छ । त्यसैले यो तार्किक छ कि पोर्चुगिज स्टारसँग त्यो देशको लागि ठूलो सम्मान छ। रोनाल्डोकी प्रेमिका अर्जेन्टाइन भएका कारण पनि उनले यसपटक पनि विश्वकपको फाइनलमा मेस्सी र उनको देशको सर्मथनमा उत्रिएका छन् ।
धेरैलाई थाहा छैन कि जर्जिना आधा अर्जेन्टाइन र आधा स्पेनिस हुन्। म अर्जेन्टिनालाई माया गर्छु । धेरैलाई लाग्छ कि मलाई अर्जेन्टिनाको माया छैन तर मलाई अर्जेन्टिना धेरै मन पर्छ,” रोनाल्डोले भने ।
यस्तो अवस्था हेर्दा म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी किलियन एमबाप्पेको फ्रान्सविरुद्धको ठूलो फाइनलमा अर्जेन्टिना र मेस्सीको समर्थनमा हुनेछन् भन्ने सोच्नु पनि अवास्तविक हुनेछैन ।
अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो । यसैगरी फ्रान्सले सन् १९९८ र २०१८ उपाधि जितेको हो ।
कतार विश्वकप खेलमात्रै हैन, यसबाट विजयी हुनेले ठूलो आर्थिक पुरस्कार रकम समेत प्राप्त गर्छन् । विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका छुट्ट्याइएको छ । विजेताले ४ करोड २० लाख डलर पाउने फिफाले जनाएको छ । यसैगरी उपविजेताले ३ करोड डलर, तेस्रो हुनेले २ करोड ७० लाख डलर र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन् ।
क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख डलर, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख डलर र समूह चरणबाटै बाहिरिनेले बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन् ।