काठमाडौं -अभिनेता दयाहाङ राईले आफ्नो पारिश्रमिक बढाएका छन् । ‘कबड्डी ४’, ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ बक्स अफिसमा हिट भएपछि उनले पारिश्रमिक झण्डै दोब्बर बढाएको बताइएको छ ।
उनले पछिल्लो फिल्म ‘हात्तीछाप’मा ३० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा फिल्मी बजारमा चलेको छ । पारिश्रमिक बढी लिने कुरा कन्टेन्टमा निर्भर गर्छ ।
व्यवसायिक रुपमा फिल्म राम्रो चल्नेछ भने सोहीअनुसारको लिनुपर्छ र कन्टेन्ट राम्रो छ भने कतिपय कुरामा कम्प्रमाइज पनि गर्नुपर्ने उनले बताए । यद्यपि, ३० लाख रुपैयाँ लिएको भन्ने कुरालाई उनले स्वीकारेनन् ।
पछिल्लो समय दयाहाङका फिल्मले नेपाल र विदेशमा सबैभन्दा बढी कमाएका छन् । ‘कबड्डी ४’ ले झण्डै २३ करोड कमाएको थियो । यसो त उनका फिल्मले पारको खडेरी पनि तोडेका थिए ।