काठमाडौं । चर्चित फिल्म ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र भष्मे डन माथि फिल्म निर्माण हुने भएको छ । पशुपतिप्रसादको स्पिन(अफ ९कुनै फिल्मको चर्चित पात्रमाथि केन्द्रित रहेर निर्माण हुने अर्को फिल्म० को रुपमा यो प्रोजेक्ट बन्ने भएको हो ।
निर्माणमा ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र खनाल र अभिनेता खगेन्द्र लामिछानेले सहकार्य गर्ने भउका छन् । । पटकथा पनि खगेन्द्र स्वयमले लेखिरहेका छन् । भष्मे डनको शीर्ष भूमिकामा बिपिनले नै अभिनय गर्नेछन् । ‘पशुपतिप्रसाद’मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि भष्मे डनमा देखिनेछन् ।
पशुपतिप्रसादमा भष्मे डनको कथा जहाँनेर सकिएको थियो, त्यहाँदेखि उसको आगामी यात्राको कथा यसमा समेटिने बताइएको छ । भष्मे डन छायांकन फागुनदेखि सुरु हुँदैछ । फिल्मको प्रदर्शन आगामी दशैमा हुने भएको छ ।