काठमाडौं । नायिका नीता ढुंगानाले बनाउन लागेको फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन कहिले होला रु आगामी असारदेखि छायांकनमा जाने भनिएको फिल्मको नीता र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीको विबाहसँगै चर्चा सेलाएको छ ।
सलोन बस्नेत र हरिहर अधिकारी मुख्य भूमिकामा रहने भनिएको फिल्ममा बलिउड अभिनेता प्रदीप रावत, लगायतका कलाकारहरु रहने भनिएपछि एकाएक चर्चामा रहेको फिल्मको चर्चा सेलाएका बेला नायिका नीता ढुंगाना यतिबेला मुम्बई पुगेकी छिन् ।
विश्वस्त स्रोतका अनुसार नीता फिल्म ‘ह्रस्वदीर्घ’कै कामका लागि मुम्बई गएको बुझिएको छ । स्रोतका अनुसार फिल्म बलिउडकै महंगा स्टुडियोमा छायांकन गर्ने तयारी छ ।
मुम्बईको रोडमा हिँडिरहेको तस्विर पोस्ट गर्दै नीताले खुशी ब्यक्त गरेकी छिन् ।