मुखको ट्यूमर भएकी २१ कृष्तिको उपचारमा ५० हजार सहयोग — OSNepal

मुखको ट्यूमर भएकी २१ कृष्तिको उपचारमा ५० हजार सहयोग

LC (KTM) July 02, 2021 0

मुखको ट्यूमर भएकी पोखरा २१ कृष्ति नाच्नेचौरस्थित १६ बर्षीया भवानी खत्रीको उपचारार्थ रु ५० हजार हस्तान्तरण गर्दै लायन्स क्लब अफ पोखरा चौतारीका सदस्यहरु । क्लबले खत्रीको सुष्मा मेमोरियल अस्पताल काठमाडौँमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएको छ ।

नागरिक लगानीकोषको लगानी एक खर्ब ७२ अर्ब-नागरिक लगानीकोषले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु एक खर्ब ७२ अर्ब बराबरको रकम सङ्कलन गरेको छ । यस्तै सो अवधिसम्म रु एक खर्ब ७१ अर्ब ९७ करोड बराबरको लगानी गरेको छ । कोषको पूँजी वृद्धि हुनका साथै कारोबारसमेत विस्तार भएको छ ।

कोषको आज सम्पन्न २६ औँ वार्षिकोत्सव एवं साधारणसभाको अवसरमा उक्त विवरण सार्वजनिक गरिएको हो । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को आम्दानीबाट प्रस्तावित नौ प्रतिशत लाभांश शेयर र आठ दशमलव ८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।

त्यसैगरी साधारणसभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । उक्त प्रतिवेदनसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहसम्बन्धी विवरणसमेत पारित गरेको कोषले जनाएको छ ।

कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा रु ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफामध्ये बाँडफाँटयोग्य रकम रु ५५ करोड ३६ लाख ७२ हजार रहेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिँदै थप विस्तारितरूपमा अगाडि बढ्ने उल्लेख गर्नुभयो । कोषको कारोबार विस्तार गर्दै स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु भइसकेको कार्यकारी निर्देशक नेपालको भनाइ छ ।

मुलुकको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्देश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ ।

कोषले एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्णरूपमा लागू गरेको छ भने सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदानप्रदान गर्ने कार्य सम्पन्न भएको छ । त्यस्तै नयाँ सफ्टवेयरको प्रयोगका लागि आवश्यक उपकरण खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले सेवा विस्तार गर्दै कोषलाई भरपर्दो संस्थाका रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर