प्रधानमन्त्रीले संसद छलेर अध्यादेशबाट मुलुक चलाउन खोजेको भन्दै अध्यादेश अश्वीकृत गर्न संसद सचिवालयमा पत्र दर्ता — OSNepal

प्रधानमन्त्रीले संसद छलेर अध्यादेशबाट मुलुक चलाउन खोजेको भन्दै अध्यादेश अश्वीकृत गर्न संसद सचिवालयमा पत्र दर्ता

LC (KTM) July 02, 2021 0

काठमाडौँ १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेशबाट मुलुक चलाउन खोजेको भन्दै जनता समाजवादी पार्टीका दुई सांसदले अध्यादेश अश्वीकृत गर्न संसद सचिवालयमा पत्र दर्ता गराएका छन् ।जसपाका राष्टि«यसभा सांसद प्रमिला कुमारी र मृगेन्द्रकुमार सिंह यादवले राष्टि«य सभा नियमावली २०७५ को नियम ८९ बमोजिम बुधबार सदनमा पेश भएको अध्यादेश अश्वीकृत गर्न संघीय संसदका महासचिव र राष्ट्रिय सभाका सचिवलाई सम्बोधन गरी सूचना दर्ता गराएका हुन् ।

हिजो बिहिबार संसद भवनमा सुरु भएको अध्यादेशमा जसपाका दुई सांसदले संवैधानिक परिषद् काम कर्तव्य र अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश, सपथसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, आर्थिक् अध्यादेश, रेल्वे अध्यादेश, नेपाल प्रहरी, प्रदेश प्रहरी कार्य सञ्चालन अध्यादेश, विनियोजन अध्यादेश अश्वीकृत गर्न संसद सचिवालयमा पत्र दर्ता गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर