ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प — OSNepal

ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

LC (KTM) December 15, 2022 0

ताइपेई-ताइवानको पूर्वी तटमा बिहीबार ६।२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५।९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन् ।
“ताइवानमा भूकम्पको धक्का धेरै कम महशुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले पत्रकारहरूलाई जानकारी दिनु भएको छ ।

अहिलेसम्म आठ वटा पराकम्पन गएको छ र हामीले आगामी तीन दिनमा थप परकम्प आउने अनुमान गरेका छौ ताइपेईमा चाङले बताउनु भएको छ । ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुबै रेलहरू कम गतिमा चलिरहेको तर सेवाहरू रोकिएको छैन। दुई टेक्टोनिक प्लेटको जंक्शननजिकै रहेको टापुको कारण ताइवानमा नियमित भूकम्प जान्छ ।

कतिपय ६।० म्याग्निच्युडको वा सोभन्दा बढीको भूकम्प घातक साबित हुन सक्छ, यद्यपि धेरै भूकम्प कहाँ र कति गहिराइमा आउँछ भन्ने कुरामा भर पर्छ । गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६।९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । यसमा परी एक व्यक्तिको ज्यान गएको र केही भवनहरु ढलेका थिए ।

–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर