कतार विश्वकपमा सबैभन्दा बढी गोल कुन खेलाडीले गरेका छन् ? — OSNepal

कतार विश्वकपमा सबैभन्दा बढी गोल कुन खेलाडीले गरेका छन् ?

LC (KTM) December 14, 2022 0

काठमाडौं। यतिबेला अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सबैभन्दा बढी चर्चाका पात्रका रुपमा छन् । उनी कतार विश्वकपको उपाधि भिडन्त गर्नुअघि नै सर्वोत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। अर्जेन्टिनाका कप्तान मेस्सी ६ खेलमा चारवटामा प्लेयर अफ दी म्याच भएका छन्। यसअघि सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएपनि गोल्डेन बल लियोनल मेस्सीले पाएका थिए ।

कतार विश्वकपका अहिलेसम्मका सर्वाधिक गोलकर्ता हुन् मेस्सी । उनले ५ गोल र ३ असिस्ट गरेका छन्। दोस्रो स्थानमा रहेका फ्रान्सका केलियन एमबाप्पेको नाममा ५ गोल र दुई असिस्ट गरेका छन् ।

त्यस्तै फ्रान्सकै ओलिभर जिरोड र अर्जेन्टिनाका जुलियान अल्भारेजले समान ४-४ गोल गरेका छन्। यसैबिच आज विश्वकपको दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्सले क्रोएसियासँग खेल्दै छ। कतार विश्वकपको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को अल बायत स्टेडियममा बुधबार राति १२: ४५ बजे प्रतिस्पर्धा गर्नेछन् ।

साविक विजेता फ्रान्स र मोरक्को जित निकाल्दै फाइनल पुग्ने योजनामा रहँदा यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ । फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराएको थियो ।

यता, मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । फ्रान्सलाई हराएर मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउन चाहन्छ ।

दुई टोलीबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । उता आजराती नै सम्पन्न खेलमा अर्जेन्टिनाले कतारको लुसेइल रङ्गशालामा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको छ । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३-० गोलअन्तरको जीत सुनिश्चित ग¥यो ।

जीतसगै अर्जेन्टिनाले सन् २०१८ मा रुसमा भएको विश्वकपको समूह चरणको खेल क्रोएसियासँग ३-० को हारको बदला पनि लिएको छ । क्वार्टरफाइनलमा अर्जेन्टिना र क्रोएसिया दुवै टोली पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका थिए । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए ।

विश्वकपमा अर्जेन्टिनाको यो छैटौँ पटकको फाइनल यात्रा हो । अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो भने दुई पटक विश्वकप उपाधि जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर