नेपालप्रति ओलीको गुनासो : मैले भेटौं भनेर फोन गर्दा पनि भेट्न मानेन् — OSNepal

नेपालप्रति ओलीको गुनासो : मैले भेटौं भनेर फोन गर्दा पनि भेट्न मानेन्

LC (KTM) July 02, 2021 0

काठमाडौँ १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालप्रति गुनासो पोखेक छन् । आफुले भेटौं भनेर फोन गर्दा पनि नेपालले नमानेको भन्दै बालुवाटारमा जारी पार्टीको केन्द्रिय कमिटिको बैठकमा बताएका हुन् ।

हिजो बेलुकी फोन मार्फत २०/२५ मिनेट कुरा गर्दा पनि नेपालले भेट्न नमानेको पार्टी अध्यक्ष समेत रहेका ओलीले खुलासा गरेका छन् । आफैले फोन गर्दा पनि नेपालले तपाईको फोन उठाउन मन नलागेको बताउँदै ओली बैठकमा भने, ‘मैले भेटौँ भनेर हिजो बेलुकी माधवलाई फोन गरेँ, २०/२५ मिनेट कुरा गरेँ, भेटौँभन्दा माधवले मान्नु भएन ।

ओलीले नेपालले आफूसँग मलाई तपाईंको फोन उठाउने मन थिएन, तर साथीहरूको दबाबले मात्र उठाएको हुँ भनेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर