भासियो फुलजोर खोलामा निर्माणाधीन पक्की पुल — OSNepal

भासियो फुलजोर खोलामा निर्माणाधीन पक्की पुल

LC (KTM) July 02, 2021 0

महोत्तरी, १८ असार – लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधीन रहेको पक्की पुल भासिएको छ । लालबन्दी–३ र ईश्वरपुर–८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल सामान्य पानी पर्दै भासिएको हो ।

सङ्घीय सरकारको रु १२ करोडको लागतमा आर्थिक वर्ष २०७५÷७६ बाट निर्माण शुरु गरिएको पक्की पुल ढलानको काम सकिएको थियो । ढलानको काम सकिएको र फर्मा निकाल्न बाँकी रहेको समयमा आएको सामान्य पानीका कारण पुल भासिएको छ । रु १२ करोडको लागतमा निर्माण शुरु गरिएको पुलको लम्बाइ करीब २०० मिटर रहेको ठेकेदार मनोजकुमार साहले बताउनुभयो । उहाँका अनुसार कूल लम्बाइ २०० मिटर रहेकामध्ये ४० मिटर भासिएको हो । पप्पु एन्ड शिवशङ्कर (जेभी)ले आव २०७५÷७६ बाट निर्माण शुरु गरी चालु आवमा निर्माण सम्पन्न गर्ने भन्दै ठेक्का लिएको थियो ।

पुल निर्माणको करीब ८० प्रतिशत काम सकिएको र बाँकी काम यही महिनाभित्रमा सकाउने तयारीमा रहेको ठेकेदार कम्पनीे करीब ४० मिटर पुल भासिँदा करीब रु दुई करोड घाटा लागेको बताएको छ । सो पुल निर्माणको शुरुको वर्षमा पनि एक पटक बाढीले भत्काएको थियो । वर्षाको मौसम र बालुवामाथि फर्मा राखिएका कारण पुल पनि भासिएको हो ।(रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर