नेपाललाई संकेत गर्दै ओलीले भने, आफ्नै पार्टीको सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ जानु लाजमर्दो — OSNepal

नेपाललाई संकेत गर्दै ओलीले भने, आफ्नै पार्टीको सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ जानु लाजमर्दो

LC (KTM) July 02, 2021 0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन लागेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री समेत रहेका ओलीले बालुवाटारमा जारी पार्टीको केन्द्यि कमिटिको बैठकमा यस्तो बताएका हुन् । बैठकमा सहभागी हुन पत्र पठाए पनि नेपाल समुह अनुपस्थिति भएपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफ्नै पार्टीको सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ जानु लाजमर्दो भएको बताएका ओलीले बैठकमा भने, ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नेता जानु लाजमर्दो हो । हजार प्रयासका बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ ।’

पार्टीलाई एक हुन नदिने खेल खेलेर अनुशासन तोडेको ओलीको ठहर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर