कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा भईसकेको छ । फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले सेमिफाइनलमा स्थान बनाई सकेका छन् । अब फाइनलमा प्रबेश गर्दै उपाधी कस्ले जित्ला भन्ने सबैको चासोको बिषय बनेको छ ।
यससंगै सबैको ध्यान गोल्डेन बुटमा रहेको छ । सेमिफाइनलको समिकरण पुरा भईरहदा अहिले सम्म सर्बाधिक गोलकर्ताको रुपमा फ्रान्सका केलियन एमबाप्पे रहेका छन् । यस विश्वकपमा अहिलेसम्म गोल्डेन बुटका दाबेदार खेलाडीमा उनको नाम अगाडी रहेको छ । हालसम्म उनले ५ गोल गरिसकेका छन् ।
यस्तै अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका ओलिभर जेरुड पनि दाबेदारको सूचीमा रहेका छन् । मेस्सी र जेरुडले समान ४-४ गोल गरेका छन् । कोडी गाक्पो ३ गोल, मार्कुस राषफोर्ड ३ गोल, अल्भारो मोराटा ३ गोल, इनर भ्यालेन्सिया ३ गोल, बुकायो साका ३ गोल, रिचार्लिसन ३ गोल र गोन्कालो रामोसले ३ गोल गर्न सफल भएका छन् । बाँकि खेल र अहिले सम्मको नतिजा हेर्दा एम्बापे गोल्डेन बुटको नजिक रहेका छन् ।