निषेधाज्ञाले खाद्यवस्तुको चक्रीय प्रणालीमा असर, म्याद नाघेका अर्बौंका सामान गोदाममै — OSNepal

निषेधाज्ञाले खाद्यवस्तुको चक्रीय प्रणालीमा असर, म्याद नाघेका अर्बौंका सामान गोदाममै

LC (KTM) July 02, 2021 0

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरले खाद्यवस्तु उत्पादन र बिक्रीवितरणको चक्रीय प्रणाली (चेन सिस्टम) मा असर पुर्‍याएको छ । कोरोना संक्रमण फैलन नदिन सरकारले विभिन्न जिल्लामा जारी गरेको निषेधाज्ञाका कारण अर्बौं रुपैयाँको म्याद नाघेका सामान व्यवसायीकै गोदामरपसलमा थुप्रिएका छन् ।

निषेधाज्ञाका क्रममा चक्रीय प्रणाली ध्वस्त हुँदा उद्योग, आयातकर्ता, वितरक, होलसेलदेखि खुद्रासम्म आइपुग्दा अर्बौं रुपैयाँको खाद्यान्न नष्ट भएको व्यवसायीहरूको दाबी छ ।आजको कान्तिपुर दैनिकमा खबर छ । नेपाल वितरक संघका अनुसार मुलुकमा वार्षिक करिब ३६ अर्ब रुपैयाँको खाद्यवस्तु आयात हुन्छ । स्वदेशी उद्योगहरूले पनि उत्तिकै उत्पादन गर्छन् । तर निषेधाज्ञाले खपतको करिब ५र७ प्रतिशत नष्ट भएको संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठले बताए । चेन अफ कमान्डअन्तर्गत खुद्रा, होलसेल, आयातकर्तादेखि उद्योगसम्ममै म्याद नाघेका सामान मौज्दात छ ।

व्यवसायीका अनुसार निषेधाज्ञाले ‘क्यास फ्लो’ नहुँदा म्याद नाघेका सामान उठाएर नयाँ दिन सक्ने अवस्था पनि छैन । ‘पाइपलाइनमा जति खपत हुन्छ, त्यसको ५ प्रतिशत म्याद सकिएको छ । उदाहरणका लागि बिस्कुट उद्योगको वार्षिक ७ सय करोड कारोबार हो । मासिक ८४ करोडको कारोबार हुन्छ । निषेधाज्ञाकै कारण ५र७ प्रतिशत फिर्ता आउने अवस्था देखिन्छ,’ उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘कुल खपतको ८७ प्र्रतिशत आयात हुन्छ । १३ प्रतिशत स्वदेशी उद्योगको उत्पादन हो । सबै सेगमेन्टअनुसार धेरै ठूलो रकम बराबरको खाद्यवस्तुको म्याद सकिएको छ ।’

खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले पनि चकलेट, गुदपाक, पुस्टकारी, बिस्कुटलगायत धेरै खाद्यवस्तुको म्याद सकिएको बताए । अधिकांश खाद्यवस्तुको म्याद ६ महिनादेखि १२ महिनासम्म हुन्छ । आयात गरेर बिक्री गर्नुपर्ने वस्तुहरू विभिन्न तह पार गर्दै खुद्रामा ४र५ महिनासम्ममा आइपुग्छ । केही खाद्यवस्तुको एकरदुई महिनाको मात्रै म्याद हुन्छ ।

‘निषेधाज्ञामा मान्छेहरूले कमै सामान उठाएका छन् । पुस्टकारी, चकलेट, क्यान फुड, प्याकेजिङ सामान धेरैको म्याद सकिएको छ,’ उनले भने, ‘सबैभन्दा ठूलो बजार काठमाडौं नै हो । यहाँ मात्रै करिब ३० करोड रुपैयाँ बढीको ड्यामेज भएको छ । देशभरको कुरा गर्दा अर्बौं रुपैयाँ बढीको ड्यामेज छ ।’ अधिकांश खुद्रा पसलमा म्याद नाघेको सामान रहेकाले ती सामान साट्न पाउनुपर्ने व्यवसायीहरू बताउँछन् । तर करिब ६० प्रतिशत व्यवसायीले सामान साट्न नपाएको अध्यक्ष तुलाधरको गुनासो छ । ‘साना पसलले म्याद नाघेका सामान अलगै राख्न पनि सक्दैनन् । त्यही भएर तत्काल साट्न माग गरिरहेका छौं,’ उनले भने, ‘तर साट्नेमा कसैले ध्यान दिएको छैन ।’

तुलाधरका अनुसार खुद्रा पसललाई बिक्री गरेपछि ठूला व्यवसायीहरूले हतपत म्याद नाघेको सामान फिर्ता उठाउन चाहँदैनन् । यद्यपि, आयातकर्ता संघका उपाध्यक्ष एसपी ढकालले म्याद नाघेको सामान फिर्ता लिन संघ तयार रहेको दाबी गरे । ‘लकडाउनमा पनि म्याद नाघेका सामान उठाएर कम्पनीको रोहबरमा नष्ट गरेका थियौं । अहिले पनि म्याद नाघेका सामान नहुने भन्ने ग्यारेन्टी छैन, त्यस्तो समस्या भएमा फिर्ता लिन तयार छौं,’ उनले भने, ‘म्याद नाघेका सामानको सन्दर्भमा संघलाई सूचना दिए फिर्ता लिन तयार छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर