कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजको अन्तिम क्वाटरफाइनलमा केही घण्टा पछि बलियो मानिएको टोली इंग्ल्यान्ड र फ्रान्स प्रतिस्पर्धा गर्दैछन् । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति पौने १ बजे बाट सुरु हुनेछ ।
दुबै टोली उपाधी दाबेदार भएकाले खेल निक्कै प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ । साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो ।यस्तै इंग्ल्यान्डले सेनेगललाई हराएको थियो ।
इंग्ल्यान्ड र फ्रान्स चिरपरिचित प्रतिद्वन्दी हो । यी दुई टोलीबीच हालसम्म ३१ खेलमा रोमाञ्चक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले १७ खेल जितेको छ । ९ खेलमा फ्रान्सले जित निकाल्दा ५ खेल बराबरीमा सकिएको छ ।