एक वर्षपछि भारतले हटायो पाम तेलको प्रतिबन्ध, नेपाललाई लाभ! — OSNepal

एक वर्षपछि भारतले हटायो पाम तेलको प्रतिबन्ध, नेपाललाई लाभ!

LC (KTM) July 02, 2021 0

काठमाडौँ, असार १८ गते । प्रशोधित पाम तेलमा भारतले लगाउँदै आएको आयात प्रतिबन्ध हटेको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार एक सूचना सार्वजनिक गर्दै प्रशोधित पाम तेलमा प्रतिबन्ध हटाइएको उल्लेख गरेको छ ।सूचनाअनुसार यस्तो प्रतिबन्ध फुकुवा आगामी डिसेम्बर ३१ सम्मका लागि कायम रहनेछ । प्रशोधित पाम तेलमा गरिएको आयात फुकुवा केरला राज्यअन्तर्गतका बन्दरगाहहरूमा भने लागू हुने छैन । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

भारतले एक वर्षअघि प्रशोधित पाम तेलको आयात प्रतिबन्ध गरेको थियो । भारतको प्रतिबन्धअघि नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पाम तेल रहेको थियो । भारतको प्रतिबन्धपछि पाम तेलको निर्यात अत्यन्त न्यून हुँदै आएको छ ।

प्रशोधित पाम तेलमा भ्यालु एड कम भएको भन्दै भारतले नेपालबाट हुने निर्यातसमेत प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध फुकुवा गर्न सरकारले बारम्बार प्रयास गरे पनि त्यसले नतिजा भने प्राप्त गर्न सकेको थिएन । प्रतिबन्ध फुकुवासँगै भारतले पाम तेलको आयातमा हुने भन्सार महसुल पनि १० प्रतिशतले घटाएको छ ।

प्रतिबन्ध फुकुवापछि भारतीय बजारमा खाने तेलको मूल्य घट्ने अपेक्षा गरिएको छ । त्यस्तै पाम तेलको प्रयोग गरेर उत्पादन हुने वस्तुको मूल्य घटेर त्यसले भारतीय अर्थतन्त्रलाई चलायमान बन(ाउन सहयोग पुग्ने विश्वास पनि गरिएको छ । यता नेपाललाई भने पाम तेल निर्यातबाट लाभ लिनसक्ने बाटो पनि खुला भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर