नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बामदेव गौतम सहभागी हुने — OSNepal

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बामदेव गौतम सहभागी हुने

LC (KTM) July 02, 2021 0

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी हुने भएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले छुट्टै अभियान चलाउँदै आएका उनी बैठकमा सहभागी हुने भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएकाले बैठकमा सहभागी बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । गौतमले अध्यक्ष ओली एमालेकै पार्टी संरचना मान्न तयार भएकोले बैठकमा सहभागी हुने भएको बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वीकारेर बैठकमा सहभागी हुन नेताहरुलाई पत्र पठाएका छन् । वरिष्ठ नेता माधव नेपाल पक्षको अनुपस्थितिमा बसेको पहिलो बैठकले नवौं महाधिवेशनबाट निर्वाचित पार्टी कमिटीलाई १० औं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । उक्त निर्णयप्रति आपत्ति जनाउँदै नेपाल पक्षले समानान्तर कमिटीको अभ्यास थालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर