ब्राजिलका फ्यान तथा समर्थकहरुलाई अर्काे दुःखद खबर आएको छ । पहिलो खबर त ब्राजिल बिश्वकप बाट बाहिरिएको छ भने दोस्रो ठुलो दुःखको कुरा चर्चित फुटबलस्टार नेयमारले अन्र्तराष्ट्रिय खेल बाट सन्यास लिने संकेत दिएका छन् । क्वार्टरफाइनलमा क्रोएसियाले पेनाल्टी सुटआउटमा ब्राजिललाई घरको बाटो देखाए पछि अनेक उत्तार चढाव सुरु भएको छ ।
हारसँगै ब्राजिलका प्रशिक्षक टिटेले तत्कालै राजीनामा दिएका छन् । प्रशिक्षक संगै अब नेयमार आफैले पनि हारको कारण आफुलाई मानेका छन् । क्रोएसियासँगको हारपछि नेयमार नराम्ररी विचलित भएका छन् । उनको मैदानमै रुवाबासी चलेको थियो । ईएसपीएनसँग कुराकानीमा उनले आफ्नो भबिष्य अनिश्चित रहेको संकेत गरे । उनले भने -यो क्षण मैले बोल्नु ठीक होईन ।
मैले सिधा पनि सोचिरहेको छैन । भनिहालौ भने चाँडो पनि होला तर मेरो बिषयमा अब कुनै ग्यारेन्टी म गर्न सक्दिन । अब के हुन्छ समयले बताउनेछ । सन् २०२६ को विश्वकपमा उनी ३४ वर्षका हुने भएकाले यो विश्वकपलाई उनको अन्तिम विश्वकप पनि मानिएको छ । यस्तो अवस्थामा यो उनको अन्तिम विश्वकप साबित हुन सक्ने बताइएको छ ।