काठमाडौं । ‘कुटुमा कुटु’ बोलको गीत नेपालकै अहिलेसम्मकै सर्वाधिक बढी भ्यूज बटुल्न सफल गीत हो । जसमा सुन्दरी नायिका स्वस्तिमा खड्काले बेजोड अभिनय गरेकी छिन् ।
नेपाली फिल्ममा अभिनेत्रीको स्थापित हुन गीतकै ठूलो योगदान छ । जति बेला उनी आफूलाई चिनाउन संघर्ष गरिरहेकी थिइन्, त्यसबेला ‘कुटुमा कुटु’ गीतले उनको सपना पूरा गर्यो । त्यसपछि उनका फिल्महरु मात्रै चलेनन् फिल्म खेले फिल्म चले । गीत खेले गीत चले ।
र रेकर्ड नै बनाए । यूट्युबमा ऐतिहासिक रेकर्ड बनाएको कुटुमा कुटुले १८ करोड बढी भ्यूज पाइसकेको छ । कुटुमा कुटुपछि
फिल्म ‘घामड शेरे’को ‘साली मन पर्यो’ गीतले पनि युट्युबमा १० करोडभन्दा बढी भ्यूज पाउन सफल भएको छ ।
आफ्ना गीतहरुले सर्वाधिक चर्चा बटुलेपछि उनले फेसबुकमा लेखेकी छन्, ‘सबै खाले दर्शकमा पुग्नका लागि यो विधा अत्यन्त सहायकसिद्ध हुने रहेछ । मलाई आज पनि कति दर्शकहरुले मैले अभिनय गरेको चलचित्रले भन्दा मेरो नृत्य रहेको चलचित्रका गीतहरूका कारणले चिनेको अवस्था छ ।’
‘कुटुमा कुटु’ र ‘साली मन पर्यो’ मात्र होइन, स्वस्तिमाले नृत्य गरेका ‘माया ओई ओई’, ‘उम्लियो भने पोखिन्छ’, ‘दैवले देको भाग्यले पाको’, ‘मोटरसाइकलमा’, ‘पहिलो नम्बरमा’ जस्ता गीतले पनि युट्युबमा स्वस्तिमा सोचेभन्दा रामे चर्चा कमएपछि उनी खुशीले फुरुगं छिन् ।