बिग बोसमा भाग लिए पछि आफु डिप्रेशनमा गएको यी अभिनेत्रीको दाबी — OSNepal

बिग बोसमा भाग लिए पछि आफु डिप्रेशनमा गएको यी अभिनेत्रीको दाबी

LC (KTM) December 08, 2022 0

हिमांसी खुराना पञ्जाब इन्डस्ट्रीकी चर्चित र सुन्दर अभिनेत्री हुन् । हिमांशीले २०१९ मा बिग बोस १३ मा भाग लिइन् । सबैले यो शोले अभिनेत्रीको जीवन परिवर्तन गरेको महसुस गरे। तर वास्तविकता अर्कै सावित भयो । हिमांशीले एक अन्तर्वार्तामा बिग बोस १३ पछि आफू डिप्रेसनको शिकार भएको बताएकी थिइन् ।

पञ्जाबी अभिनेत्री हिमांसी खुरानाले एउटा चकित पार्ने खुलासा गरेकी छिन् । बिग बोस १३ बाट बाहिरिएपछि हिमांशी खुराना डिप्रेशनमा थिइन् । यो कुरा हिमांसीले पछिल्लो अन्तर्वार्तामा उल्लेख गरेकी छिन् । अभिनेत्रीको यो भनाइले फ्यानलाई अलिकति हैरान पार्ने छ । हिमांसी खुराना पञ्जाब इन्डस्ट्रीकी सबैभन्दा सुन्दर अभिनेत्री हुन् ।

पञ्जाब उद्योगमा नाम कमाएपछि उनी २०१९ मा बिग बोस सिजन १३ को हिस्सा बनिन्। शोमा असिम रियाज उनको असल साथी बने र चाँडै यो मित्रता प्रेममा परिणत भयो। बिग बोसको घरबाट बाहिरिएपछि असिम रियाज र हिमांसी खुरानाले धेरै भिडियो सँगै गरेका छन् । फ्यानले पनि यो जोडीलाई निकै मन पराउँछन् । तर अहिले अभिनेत्रीले एक पञ्जाबी टक शोमा डिप्रेसनको कुरा गरेकी छिन् ।

सोनम बाजवासँगको कुराकानीमा हिमांसी खुरानाले भनिन्, ‘जब म बिग बोस १३ मा गएकी थिएँ, सबैले सोचेका थिए कि जीवन परिवर्तन हुँदैछ । तर यो वास्तविकता थिएन। मैले त्यहाँ यति धेरै नकारात्मकताको सामना गरें कि मलाई त्यसबाट बाहिर आउन दुई वर्ष लाग्यो। बिग बोस १३ पछि म गम्भीर डिप्रेसनमा गएँ । यसले मेरो हृदयलाई असर गर्यो।

कार्यक्रम, सुटिङमा जानुअघि मलाई प्यानिक अट्याक हुन्थ्यो । अफसाना खानको बिहेमा नाच्दा पनि मुटुमा समस्या थियो । यसपछि मलाई अस्पताल लगियो । मेरो नजिकका मानिसहरूलाई थाहा थियो कि म अस्पतालमा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर