अविरल वर्षापछि आएको बाढीले हुलाकी १० वर्षदेखि निर्माणाधीन कमला पुल उद्घाटन नहुँदै भाचियो — OSNepal

अविरल वर्षापछि आएको बाढीले हुलाकी १० वर्षदेखि निर्माणाधीन कमला पुल उद्घाटन नहुँदै भाचियो

LC (KTM) July 02, 2021 0

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल भासिएको छ । हुलाकी राजमार्गको सिरहा–धनुषाखण्ड जोड्ने बहुप्रतीक्षित कमला नदीको पुल बिहीबार दिउँसो भासिएको हो । सिरहा नगरपालिका–६ बसपिट्टा तर्फबाट पुलको दोस्रो पाया ९पायर० भासिएको हो । १३ वटा पाया ९पायर० र १२ स्पान ९स्ल्याब०सहितको निर्माण भइरहेको पुलको सिरहातर्फबाट दोस्रो पाया भासिएको छ । करिब तीन मिटर पाया तल भासिएपछि स्पान ‘भी–टाइप’ आकृतिको बनेको छ ।

सिरहा–धनुषा जिल्ला जोड्न सिरहा नगरपालिका–६ बसपिट्टा घाटनजिकै ४७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल ०६८ देखि निर्माणाधीन थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी २४ करोड ६२ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभीले ३१ जेठ ०६८ मा सम्झौता गरेको थियो । निर्माण कम्पनीसँग सम्झौता भएपछि तत्कालीन भौतिक पूर्वाधार यातायातमन्त्री हृदयेश त्रिपाठीले पुल निर्माणको शिलान्यास गरेका थिए । पुल निर्माण सुरु गरे पनि पटकपटक म्याद गर्दा पप्पु कन्स्ट्रक्सनले पुल निर्माणमा ढिलाइ गर्दा निर्माणको जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई दिइएको थियो ।

हुलाकी सडक आयोजना कार्यालय जनकपुरधामका इन्जिनियर जयनाथ यादवले निर्माण कम्पनी पप्पुले कामको प्रगति देखाउन नसक्दा लुम्बिनी बिल्डर्सलाई निर्माण गर्न जिम्मेवारी दिएको बताए । सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माण सकिनुपर्ने पुल ढिलाइ र बेवास्ताकै कारण १० वर्षदेखि निर्माणाधीन अवस्थामा छ । पछिल्लोपटक दुईपटक म्याद थपिएर पुल निर्माण ९५ प्रतिशत पूरा भएको थियो । प्रधानमन्त्री केपी ओलीले सिरहा सदरमुकाममा आयोजित एक कार्यक्रममा कमला नदीको पुल ०७७ वैशाखमै उद्घाटन हुने प्रतिबद्धता जनाएका थिए । उनले १८ माघ ०७५ माघमा आयोजित एक कार्यक्रममा प्रतिबद्धता जनाएको कमला पुल उद्घाटन हुनुपूर्व नै भासिएको छ । निर्माण नसकिँदै पुल भासिएपछि स्थानीय चिन्तित बनेका छन् । नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर