नेपाली क्रिकेटका फ्यानहरुको लागि खुशीको खबर आएको छ । नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग पीएसएल ड्राफ्टमा परेका छन् । नेपालका ओपनर अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेटकिपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन् ।
पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरु अटाएका हुन् ।यस संस्करणको पीएसएल ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ । पीएसएलको लागि आज सिल्भर विधामा विदेशी खेलाडीको नाम सार्वजनिक भएको हो । आगामी वर्षको फेब्रुअरी ९ बाट प्रतियोगिता सुरु हुने भए पनि खेल तालिका भने सार्वजनिक भएको छैन